बिहार विधानसभामा यस्तो के भयो जुन आजसम्म कहिल्यै भएको थिएन
२३ मार्च, बुधबार बिहार विधानसभामा के भयो ?
नेता प्रतिपक्ष तेजस्वी यादव यसरी घटनाबारे जानकारी दिँदै भन्छन्, ‘आज बिहार विधानसभाले एउटा कालो कानून पेश गर्यो जसको विरोधमा हामी सबैजना एकमत थियौं । तर बिहारमात्रै होइन, देशको इतिहासमा यस्तो घटना पहिलो पटक घटित भएको हो । सदन भित्र प्रहरी बोलाइयो, एसपी र डीएम आफैंले सांसदलाई कुट्ने र घिसारेर बाहिर ल्याउने काम गरिरहेका थिए । महिला सांसद अनिता देवी, जो अति पिछडिएको समाजकी हुन्, उनको कपाल तानेर, साडी खोलेर, घिसारियो । आजको दिनलाई कालो दिनको रुपमा देशका जनताले याद राख्नेछन् ।’
सोसल मिडियामा पनि थुप्रै भिडियो भाइरल भइरहेका छन् जसमा सदनभित्र प्रहरी र प्रशासनका अधिकारीले सांसदमाथि लात र मुक्का बर्साइरहेको देख्न सकिन्छ ।
विधानसभाभित्र भएको हिंस्रक झडपमा दुई महिला सांसदसमेत कूल १२ सांसदलाई चोट लागेको छ । थुप्रै प्रहरी र मिडियाकर्मी घाइते भएका छन् । सबैलाई उपचारका लागि पीएमसीएचमा भर्ना गरिएको छ ।
नयाँ पुलिस विधेयकको विरोधः
बिहारका विपक्षले पछिल्लो केही दिनदेखि सदनभित्र सत्ता पक्षमाथि हमला गर्दै आएको छ ।
तर ताजा गतिरोधको जड बिहार विशेष सशस्त्र पुलिस विधेयक २०२१ हो जसलाई सरकारले भारी हंगामा र बबालबीच पनि मंगलबार सदनबाट पास गराइयो ।
विपक्षको आरोप अनुसार बिल पास भएपछि प्रहरीले यस्तो शक्ति पाएको छ कि उनीहरुले कुनै अदालती वारेन्ट बिना नै शंकाको आधारमा कसैलाई पक्राउ गरेर जेलमा राख्न सक्छ । यस्तै, सत्ता पक्षले भने यो बिल सामान्य पुलिसिङसँग सम्बन्धित नभई विशेष सशस्त्र प्रहरी बलसँग जोडिएको जानकारी दिएको छ ।
बिहारका नेता प्रतिपक्ष तेजस्वी यादवले बीबीसी हीन्दीसँग भने, ‘यो बिल लिएर आएर सरकारले प्रहरीलाई आफ्नो गुन्डा बनाउने कोसिस गरिरहेको छ । हिटलर झैं नीतीश कुमार पनि चाहन्छन् कि उनको इशारामा प्रहरी कुनै वारेन्ट बिना कसैलाई पनि उसको घरमा छिरेर पक्राउ गरोस् र जब हामी यो कालो कानूनको सदनभित्र विरोध गरिरहेका छौं तब प्रहरी बोलाएर हाम्रा सांसदलाई कुटिँदैछ । हामी जुन कानूनको विरोध गरिरहेका छौं, हामीविरुद्ध त्यहि कानून प्रयोग गरिँदैछ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण