आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बिहार विधानसभामा यस्तो के भयो जुन आजसम्म कहिल्यै भएको थिएन

बुधबार, ११ चैत २०७७, ११ : ५४
बुधबार, ११ चैत २०७७

२३ मार्च, बुधबार बिहार विधानसभामा के भयो ?

नेता प्रतिपक्ष तेजस्वी यादव यसरी घटनाबारे जानकारी दिँदै भन्छन्, ‘आज बिहार विधानसभाले एउटा कालो कानून पेश गर्यो जसको विरोधमा हामी सबैजना एकमत थियौं । तर बिहारमात्रै होइन, देशको इतिहासमा यस्तो घटना पहिलो पटक घटित भएको हो । सदन भित्र प्रहरी बोलाइयो, एसपी र डीएम आफैंले सांसदलाई कुट्ने र घिसारेर बाहिर ल्याउने काम गरिरहेका थिए । महिला सांसद अनिता देवी, जो अति पिछडिएको समाजकी हुन्, उनको कपाल तानेर, साडी खोलेर, घिसारियो । आजको दिनलाई कालो दिनको रुपमा देशका जनताले याद राख्नेछन् ।’

सोसल मिडियामा पनि थुप्रै भिडियो भाइरल भइरहेका छन् जसमा सदनभित्र प्रहरी र प्रशासनका अधिकारीले सांसदमाथि लात र मुक्का बर्साइरहेको देख्न सकिन्छ ।

विधानसभाभित्र भएको हिंस्रक झडपमा दुई महिला सांसदसमेत कूल १२ सांसदलाई चोट लागेको छ । थुप्रै प्रहरी र मिडियाकर्मी घाइते भएका छन् । सबैलाई उपचारका लागि पीएमसीएचमा भर्ना गरिएको छ ।

नयाँ पुलिस विधेयकको विरोधः

बिहारका विपक्षले पछिल्लो केही दिनदेखि सदनभित्र सत्ता पक्षमाथि हमला गर्दै आएको छ ।

तर ताजा गतिरोधको जड बिहार विशेष सशस्त्र पुलिस विधेयक २०२१ हो जसलाई सरकारले भारी हंगामा र बबालबीच पनि मंगलबार सदनबाट पास गराइयो ।

विपक्षको आरोप अनुसार बिल पास भएपछि प्रहरीले यस्तो शक्ति पाएको छ कि उनीहरुले कुनै अदालती वारेन्ट बिना नै शंकाको आधारमा कसैलाई पक्राउ गरेर जेलमा राख्न सक्छ । यस्तै, सत्ता पक्षले भने यो बिल सामान्य पुलिसिङसँग सम्बन्धित नभई विशेष सशस्त्र प्रहरी बलसँग जोडिएको जानकारी दिएको छ ।

बिहारका नेता प्रतिपक्ष तेजस्वी यादवले बीबीसी हीन्दीसँग भने, ‘यो बिल लिएर आएर सरकारले प्रहरीलाई आफ्नो गुन्डा बनाउने कोसिस गरिरहेको छ । हिटलर झैं नीतीश कुमार पनि चाहन्छन् कि उनको इशारामा प्रहरी कुनै वारेन्ट बिना कसैलाई पनि उसको घरमा छिरेर पक्राउ गरोस् र जब हामी यो कालो कानूनको सदनभित्र विरोध गरिरहेका छौं तब प्रहरी बोलाएर हाम्रा सांसदलाई कुटिँदैछ । हामी जुन कानूनको विरोध गरिरहेका छौं, हामीविरुद्ध त्यहि कानून प्रयोग गरिँदैछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप