अभिनेता आमिर खानलाई कोरोना संक्रमण, घरमा भए क्वारेन्टिन
बलिउड अभिनेता आमिर खान कोभिड–१९ द्वारा संक्रमित भएका छन् । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् ।
होम क्वारेन्टिनमा छन् आमिर खानः
आमिरका प्रवक्ताले भने, ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ । तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’
यी स्टार्सलाई पनि भइसकेको छ कोरोनाः
भारतमा विशेषगरी महाराष्टमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । अभिनेता तथा फिल्म निर्माता सतिश कौशिक पनि कोरोना पोजेटिभ पाइए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । यसअघि रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भइसकेको छ । हालै अभिनेता कार्तिक आर्यन पनि कोरोना पोजेटिभ भएको खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण