अभिनेता आमिर खानलाई कोरोना संक्रमण, घरमा भए क्वारेन्टिन
बलिउड अभिनेता आमिर खान कोभिड–१९ द्वारा संक्रमित भएका छन् । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् ।
होम क्वारेन्टिनमा छन् आमिर खानः
आमिरका प्रवक्ताले भने, ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ । तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’
यी स्टार्सलाई पनि भइसकेको छ कोरोनाः
भारतमा विशेषगरी महाराष्टमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । अभिनेता तथा फिल्म निर्माता सतिश कौशिक पनि कोरोना पोजेटिभ पाइए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । यसअघि रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भइसकेको छ । हालै अभिनेता कार्तिक आर्यन पनि कोरोना पोजेटिभ भएको खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई