कास्की प्रशासनद्वारा अत्यावश्यक बाहेकका भेला र जमघटमा प्रतिबन्ध
पोखरा । कोरोना भाइरसको संक्रमण बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका भेला र जमघट नगर्न आग्रह गरेको छ । एक सातादेखि गण्डकी प्रदेशका ११ का जिल्लामध्ये कास्कीमा तीव्र रुपमा कोरोना संक्रमण बृद्धि भएपछि प्रशासनले सूचना जारी गर्दै भेला र जमघट जस्ता कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।
बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले गृह मन्त्रालयले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्दै अनावश्यक भेला, जमघटमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
विशेषगरी होलीलाई मध्यनजर गर्दै बैठकले होली मनाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्ने बताएको छ । बैठकले सबै किसिमका आवागमन र भेटघाटमा मास्कको अनिवार्य एवम् उचित प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।
होटल, रेष्टुरेन्ट, सरकारी तथा गैरसरकारी कार्यालयहरु, शैक्षिक संस्था, व्यवसायिक फर्म एवम् बैंक तथा वित्तिय संस्थाहरुमा स्यानिटाइजर, मास्क, सामाजिक दुरी लगायतको मापदण्ड पूर्ण पालन गर्न गराउन अनुरोध गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी (सहायक प्रमुख जिल्ला अधिकारी) श्रीनाथ पौडेलले जानकारी दिए ।
बैठकमा पोखरा महानगरका मेयर मानबहादुर जिसी, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.अर्जुन आचार्य, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण