तीन वर्षीय छोराको हत्या गरेर आत्महत्या प्रयास
सुर्खेत । दैलेखमा आमाले छोरालाई मारेर आमाले आत्महत्या प्रयास गरेकी छन् । डुङगेश्वर गाँउपालिका–३ लेक्चा थिर बहादुर थापा मगरको श्रीमती २९ वर्षीया हिरा थापामगरले ३ वर्षीया छोरा उमेश थापामगरलाई मारेर आत्महत्या प्रयास गरेकी हुन् ।
थापामगरले डोरीमा झुण्डाएर छोरालाई मारेर लेक्चा खोलाको भिरबाट हाम फाली आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए । ‘आफु समेत सख्त घाइते भएकी छन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।’ उनले भने, ‘घटनाका बिषयमा अहिले अनुसन्धान भइरहेको छ ।’
बिहिबार दिउँसो १ बजेतिर थापामगरले छोराको पासो लगाएर हत्या गरेको आफुले भीरबाट हामफालेर आत्महत्या प्रयास गरेको स्थानीय गणेश थापा मगरले जानकारी दिए । ‘के कारणले घटना भएको हो । त्यो कुरा हुन सकेको छैन ।’ उनले भने, ‘घाइते भएकी आमा उपचारपछि सन्चो भएपछि घटनाका बिषयमा जानकारी होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण