तीन वर्षीय छोराको हत्या गरेर आत्महत्या प्रयास

सुर्खेत । दैलेखमा आमाले छोरालाई मारेर आमाले आत्महत्या प्रयास गरेकी छन् । डुङगेश्वर गाँउपालिका–३ लेक्चा थिर बहादुर थापा मगरको श्रीमती २९ वर्षीया हिरा थापामगरले ३ वर्षीया छोरा उमेश थापामगरलाई मारेर आत्महत्या प्रयास गरेकी हुन् ।
थापामगरले डोरीमा झुण्डाएर छोरालाई मारेर लेक्चा खोलाको भिरबाट हाम फाली आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए । ‘आफु समेत सख्त घाइते भएकी छन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।’ उनले भने, ‘घटनाका बिषयमा अहिले अनुसन्धान भइरहेको छ ।’
बिहिबार दिउँसो १ बजेतिर थापामगरले छोराको पासो लगाएर हत्या गरेको आफुले भीरबाट हामफालेर आत्महत्या प्रयास गरेको स्थानीय गणेश थापा मगरले जानकारी दिए । ‘के कारणले घटना भएको हो । त्यो कुरा हुन सकेको छैन ।’ उनले भने, ‘घाइते भएकी आमा उपचारपछि सन्चो भएपछि घटनाका बिषयमा जानकारी होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म