भारतमा एकैदिन झण्डै ६० हजार कोरोना संक्रमित भेटिए
शुक्रबार, १३ चैत २०७७, १० : ३४
भारतमा पछिल्लो २४ घण्टामा ५९,०६९ नयाँ संक्रमित भेटिएका छन् । यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भएका छन् भने २५७ को मृत्यु भएको छ । यो नयाँ केस १७ अक्टोबरपछिको सबैभन्दा धेरै हो । त्यतिबेला ६१,८९३ बिरामी भेटिएका थिए ।
बिहिबार सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २५,८५७ को वृद्धि भएको छ । यो लगातार दोस्रो दिन थियो जब सक्रिय संक्रमित २५ हजारभन्दा बढी बढे । पछिल्लो एक हप्तामा नै सक्रिय संक्रमितमा १ लाख ४९ हजार ४५५ को वृद्धि भएको छ ।
भारतमा हालसम्म १ करोड १८ लाख ४६ हजार ८२ मानिस कोरोनाद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ६२ हजार ५०३ जना निको पनि भइसकेका छन् जबकी १ लाख ६० हजार ९८३ बिरामीले ज्यान गुमाएका छन् । यस्तै ४ लाख १७ हजार ४६ हजार ८२ बिरामीको उपचार चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण