एयरलाइन कम्पनीका मालिक हुन् राम चरण, बलिउडको एकमात्र फिल्ममा गरेका थिए काम जुन भयो सुपरफ्लप
साउथका सुपरस्टार रामचरण तेजा आज आफ्नो ३६ औं जन्मदिन मनाइरहेका छन् । २७ मार्च, १९८५ मा चेन्नईमा जन्मिएका रामचरणले सन् २००७ मा पुरी जगन्नाथको फिल्म ‘चिरुथा’ बाट करियरको सुरुवात गरेका थिए । रामचरणले १४ जून, २०१२ मा अपोलो अस्पतालका एग्जीक्यूटिव चेयरम्यान प्रताप सी. रेड्डीकी नातिनी उपासना कमिनेनीसँग विवाह गरे । उनले सन् २०१६ मा आफ्नो प्रोडक्सन हाउस खोले जसको नाम ‘कोन्निडेला प्रोडक्सन कम्पनी’ हो ।
एयरलाइनका मालिक हुन् रामचरणः
रामचरण हैदराबाद बेस्ड एयरलाइन ट्रू जेटका मालिक हुन् । यसबाहेक उनको ‘रामचरण हैदराबाद पोलो राइडिङ क्लब’ नामको पोलो टिम पनि छ । उनी ‘मा टिभी’का बोर्ड अफ डायरेक्टर्समा पनि समावेश छन् ।
बलिउडको एउटै मात्र फिल्ममा गरे कामः
रामचरणको गन्ती साउथका सुपरस्टार्समा हुन्छ तर उनले बलिउडको एउटै मात्र फिल्ममा अभिनय गरे । अमिताभ बच्चनको सुपरहिट ‘जंजीर’ को रिमेकमा यसै नामबाट सन् २०१३ मा बनेको फिल्ममा रामचरणले प्रियंका चोपडासँग काम गरेका थिए । फिल्म नराम्रोसँग फ्लप भएको थियो । यो फिल्म फ्लप भएपछि उनी कुनै पनि बलिउड फिल्ममा देखिएका छैनन् ।
‘आरआरआर’ मा देखिनेछन्ः
तेजाको आउँदो फिल्म ‘आरआरआर’ निर्देशक एसएस राजामौलीले निर्देशन गर्नेछन् । फिल्ममा रामचरण रामाराजूको भूमिकामा देखिनेछन् जसको फर्स्ट लुक अघिल्लो वर्ष उनको ३५ औं जन्मदिनमा सार्वजनिक गरिएको थियो । फिल्म ८ जनवरी सन् २०२१ मा रिलिज हुने निश्चित थियो तर कोरोनाका कारण फिल्म रिलिज हुन सकेन र अब यो यस वर्षको अन्त्यमा रिलिज हुने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण