महामन्त्री कोइरालाद्वारा जोशी र कोइरालाको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवम् सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष डा.शशांक कोइरालाले फाउन्डेसनका संस्थापकद्वय नवीन्द्रराज जोशी र अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
महामन्त्री कोइरालाले विज्ञप्ति प्रकाशित गरी पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य जोशी र पार्टीका पूर्व जिल्ला सभापति कोइरालाको निधनले मुलुकको प्रजातान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् ।
विद्यार्थी राजनीतिबाट काठमाडौँ महानगरको उपप्रमुख, सांसद हुँदै मन्त्री र पार्टीको केन्द्रीय सदस्य हुनुभएका जोशीलाई एक नैतिकवान नेताका रुपमा भावी पुस्ताले स्मरण गरिरहने विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी पञ्चायतको कठिन युगमा विद्यार्थी राजनीतिबाट विराटनगरको प्रमुख, मोरङको पार्टी सभापति र सांसद बनेका कोइराला एक इमान्दार र क्रान्तिकारी नेता रहनुभएको महामन्त्री कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
महामन्त्री कोइरालाले दुवै नेताप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेता जोशीको यही चैत १३ गते काठमाडौंमा र नेता कोइरालाको चैत ४ गते विराटनगरमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण