पोखरामा एक महिला कोठामै मृत भेटिइन्
सोमबार, १६ चैत २०७७, १८ : ५२
पोखरा । पोखरामा एक महिला आफु बस्दै आएको कोठामा मृत फेला परेकी छन् । तनहुँको भिमाद घर भइ पोखरा ८ सृजना चोकमा कोठा भाडामा लिइ बस्दै आएकी शान्ति माया राना आइतबार राति साढे दश बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
अन्दाजी ६५/७० वर्षीय राना केही दिनदेखि कोठा बाहिर ननिस्केका कारण झ्यालबाट भित्र चिहाउँदा चुक्कुल लगाइ कोठाभित्र मृत अवस्थामा शव देखिएको थियो । त्यही घरमा सँगै वस्नेले उनको अवस्थाका बारेमा प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण