शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने केन्द्रको निर्णय यी स्थानीय तहले नमान्ने (सूचनासहित)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ ।
तर विभिन्न स्थानीय तहले भने सो निर्णय नमानी विद्यालय सञ्चालन हुने सूचना निकालेका छन् । तनहुँको भीमाद नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने जनाएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले विज्ञप्ति जारी गरी विद्यालय नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिएको छ । शाखा अधिकृत टेकावती ढकालद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न सूचित गरिएको छ । यस्तै इलामको रोङ गाउँपालिका, इलाम नगरपालिका र विराटनगर महानगरपालिकाले पनि विद्यालय खुला राख्ने सूचना निकालेको छ ।
सूचना हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा चिरान मिलमा छापामारी गर्दा सय क्युफिट काठ बरामद
-
बब्लु पासवानको बयान : रक्सौलमा बसेर लाल मोहम्मदको हत्या योजना बनाएँ
-
फुल कन्ट्याक्ट कराँतेमा ११० खेलाडी
-
माओवादीका कारण मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या छैन : पूर्व मुख्यमन्त्री शर्मा
-
कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य
-
यस्ता छन् चुकन्दर खानुको फाइदा