शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने केन्द्रको निर्णय यी स्थानीय तहले नमान्ने (सूचनासहित)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ ।
तर विभिन्न स्थानीय तहले भने सो निर्णय नमानी विद्यालय सञ्चालन हुने सूचना निकालेका छन् । तनहुँको भीमाद नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने जनाएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले विज्ञप्ति जारी गरी विद्यालय नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिएको छ । शाखा अधिकृत टेकावती ढकालद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न सूचित गरिएको छ । यस्तै इलामको रोङ गाउँपालिका, इलाम नगरपालिका र विराटनगर महानगरपालिकाले पनि विद्यालय खुला राख्ने सूचना निकालेको छ ।
सूचना हेर्नुहोस्ः




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण