पार्टी विभाजनको बाटो कोर्ने अभ्यास सुरु भयोः ठाकुर गैरे
काठमाडौं । नेकपा एमालेका युवा नेता ठाकुर गैरेले एकता संघर्ष र रुपान्तरण को बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको बताएका छन्। अध्यक्ष केपी ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीम रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेकोप्रति संकेत गर्दै नेता गैरेले पार्टी विभाजनको अभ्यास सुरु भएको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नेता गैरेले नेकपा एमाले को एकता कायम राख्न २०७५ जेठ २ गतेको विन्दुबाट पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन् : ‘एकता संघर्ष र रुपान्तरण को बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ। नेकपा एमाले को एकता कायम राख्न २०७५ जेठ २ गतेको विन्दुबाट पार्टी सञ्चालन हुनुपर्छ।’
नेता गैरेले कारबाहीको बाटो होइन सम्बाद को बाटो रोज्न समेत आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले सोमबार पार्टीका बरिष्ठ नेता नेपाल र रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण