ताप्लेजुङमा टिपर दुर्घटना, एक युवकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएको हो ।
दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिए । उनीहरुको झापामा उपचार भइरहेको छ । फावाखोलामा निर्माणाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गएराति दुर्घटना भएको थियो । मृतक विक हाइड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुच्छ्रे , इन्जिनियरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिए ।
मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भएको जनाइएको छ । टिप्पर सडकबाट झण्डै ५० मिटर तल झरेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण