कर्णालीमा नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
सुर्खेत । कर्णालीमा नेकपा एमालेले पुनः संसदीय दलको बैठक बोलाएको छ । एमाले प्रदेश कमिटी स्रोतका अनुसार आउँदो चैत्र २२ गते संसदीय दलको बैठक बोलाइएको छ । गएको चैत्र ४ गते एमाले ओली पक्षधर १० जना सांसदहरुको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो । जसलाई माधव नेपाल पक्षधरले विरोध गरेको थियो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय त्यो बेला संसदीय दलको बैठकले गर्यो ।
तथापि, सुरुमा माधव नेपाल पक्षधरले समर्थन कायम रहेको बताएपनि संसदीय दलका नेता यामलाल कँडेलको अथक प्रयासपछि एमालेहरू एक ढिक्कामा बाँधिएको स्रोतको दावी छ । र, सरकारलाई दिएको समर्थन चैत्र ५ गते देखि लागू हुने गरी प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई जानकारी गराएका थिए ।
हिजो मंगलबार पनि प्रदेश प्रमुखले मुख्यमन्त्री शाही अल्पमतमा परेको जनाउ गर्दै ध्यानाकर्षण पत्र पठाएका छन् । त्यस्तै २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई उपस्थित हुने एमाले सांसदहरुले बताएका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद गुलाबजङ्ग शाहले भने, ‘२२ गतेको बैठकमा सबैलाई बोलाइएको छ ।’
उक्त, संसदीय दलको बैठकमा प्रदेश सरकार गठनबारे बृहत छलफल हुने बताइएको छ । जसअनुसार एमालेका सभामुखसहित २० जना सांसदहरु रहेका छन् भने राप्रपाका १ जना सांसदलाई लिएर सरकार बनाउन एमालेले सक्नेछ । एमाले स्रोतका अनुसार यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको छ । कर्णाली प्रदेश सरकार बचाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
प्रदेशसभाको बहुमत सदस्यले विश्वासको मत दिएमा मात्र उनको सरकार कायम रहन सक्छ । उसो त माओवादी केन्द्रलाई अर्को धक्कापनि लागेको छ, सांसद धर्मराज रेग्मीले माओवादी केन्द्र छोड्नु । रेग्मीले एमालेमा कुनै हालतमा पनि नफर्किने दावी गर्दै आएका छन् । उनी एमालेको प्रदेश सचिवमा समेत मनोनित भइसकेका छन् भने माओवादी केन्द्रले उनलाई कारवाहीलाई लागि सिफारिस गरेको छ । स्रोतका अनुसार माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाउने गृहकार्य गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण