शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गोबिन्दाबारे बोले कृष्णा अभिषेकः सोच्दैछु इन्स्टाग्राम लाइभमा कुरा गरौं

बिहीबार, १९ चैत २०७७, १६ : ०४
बिहीबार, १९ चैत २०७७

नायक तथा हास्यकलाकार कृष्णा अभिषेक धेरैजसो आफ्ना मामा गोबिन्दाको गीतमा नाच्छन् र उनको डायलग बोलिरहेको देखिन्छन् । तर पछिल्लो केही वर्षदेखि गोबिन्दा र कृष्णाबीच यस्तो दरार आयो कि उनीहरुको सम्बन्ध दिन प्रतिदिन नराम्रो हुँदैछ । कृष्णा–गोबिन्दाको झगडापछि दुई पटक गोबिन्दा आफ्नो परिवारसँग कपिल शर्माको कमेडी शोमा देखिइसकेका छन् । तर यी दुबै एपिसोडको सुटिङमा कृष्णा गायब रहे । आफ्नो र मामाबीचको यो सम्बन्धमा कृष्णाले सधैं आफ्नो कुरालाई गलत तरिकाले पेश गरिने पनि बताउने गरेका छन् ।

न्यूज एजेन्सी आइएएनएसलाई दिएको एक अन्तरवार्तामा कृष्णाले भने, ‘जब म आफ्ना मामाबारे कुरा गर्छु तब धेरै पटक यस्तो भएको छ । जतिबेला मैले केही भन्छु तब त्यसको केही हिस्सा मात्रै लिइन्छ र त्यसलाई पेश गरिन्छ । मानौं कि यदि मैले ‘आइ लभ गोबिन्दा तर उनले ममाथि किन यस्तो गरिरहेका छन्..’ यस्तोमा मेरो वाक्यको सिर्फ आधा हिस्सा निकालेर त्यसको हेडलाइन बनाइन्छ ।’

कृष्णाले भने, ‘यो चिजले मलाई तनाव दिन्छन् । उनी मेरो मनको नजिक छन् । तर जब म कुनै कुरा उनीसम्म पुर्याउन चाहन्छु तब त्यो कुरा उनीसमक्ष सही तरिकाले पुग्दैन । यदि मैले साधारण कुरा गरेको छु भने त्यसलाई गलत तरिकाले देखाइन्छ ।’

स्मरण रहोस्, कृष्णा अभिषेक आजकाल हिस्ट्री टिभी१८ च्यानलमा आफ्नो नयाँ शो ‘ओएमजीः ये मेरा इन्डिया’ होस्ट गरिरहेको देखिन्छन् । कृष्णाले यो शोको सातौं सिजन होस्ट गरिरहेका छन् । आफ्नो यो शोको प्रोमोशनको क्रममा नै कृष्णाले यस्तो प्रकारको गलत खबरल नै उनको र उनको मामाबीचको सम्बन्ध बिग्रिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप