ताइवान रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ७० भन्दा बढी घाइते
ताइवानमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । दुर्घटनामा करिब ७२ जना घाइते भएका छन् ।
सरकारी अधिकारीका अनुसार यो दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा भएको हो जहाँ रेलले एक ट्रकलाई ठक्कर दिएपछि लीकबाट बाहिरिएको थियो ।
स्थानीय मिडियाका अनुसार घटनास्थलमा उद्धारकार्य जारी छ ।
ताइवानको केन्द्रीय प्रकोप व्यवस्थापन टोलीले सुरुङ भित्र चारवटा रेल कोच भएको जसमा अहिले पनि करिब २ सय मानिसहरु फसेका छन् । यी चारैवटा रेल कोच यो दुर्घटनामा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
यो ट्रेन ताइवानको राजधानी ताइपेदेखि ताइतुंग शहर जाँदै थियो । यो ट्रेनमा सवार अधिकांस यात्री ताइवानको लोकप्रिय ‘टम्ब स्विपिङ फेस्टिबल’ मनाउन जाँदै थिए ।
अधिकारीका अनुसार यो दुर्घटना स्थानीय समयानुसार बिहान करिब ९ बजे भएको हो । ।
स्थानीय मिडिया रिपोर्टका अनुसार मेन्टेनेन्सको काममा लागेको एउटा ट्रक रेलवे लीकमा आएपछि यो दुर्घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण