मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ताइवान रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ७० भन्दा बढी घाइते

शुक्रबार, २० चैत २०७७, १५ : २९
शुक्रबार, २० चैत २०७७

ताइवानमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । दुर्घटनामा करिब ७२ जना घाइते भएका छन् ।

सरकारी अधिकारीका अनुसार यो दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा भएको हो जहाँ रेलले एक ट्रकलाई ठक्कर दिएपछि लीकबाट बाहिरिएको थियो ।

स्थानीय मिडियाका अनुसार घटनास्थलमा उद्धारकार्य जारी छ ।

ताइवानको केन्द्रीय प्रकोप व्यवस्थापन टोलीले सुरुङ भित्र चारवटा रेल कोच भएको जसमा अहिले पनि करिब २ सय मानिसहरु फसेका छन् । यी चारैवटा रेल कोच यो दुर्घटनामा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

यो ट्रेन ताइवानको राजधानी ताइपेदेखि ताइतुंग शहर जाँदै थियो । यो ट्रेनमा सवार अधिकांस यात्री ताइवानको लोकप्रिय ‘टम्ब स्विपिङ फेस्टिबल’ मनाउन जाँदै थिए ।

 अधिकारीका अनुसार यो दुर्घटना स्थानीय समयानुसार बिहान करिब ९ बजे भएको हो । ।

स्थानीय मिडिया रिपोर्टका अनुसार मेन्टेनेन्सको काममा लागेको एउटा ट्रक रेलवे लीकमा आएपछि यो दुर्घटना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप