मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कवाडी सवारी साधन लिलाम बिक्री गर्दै आयल निगम

शुक्रबार, २० चैत २०७७, १७ : ३२
शुक्रबार, २० चैत २०७७

काठमाडौं । नेपाल आयाल निगमले सार्वजनिक बोल कबोलमार्फत संस्थाको कवाडी सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै निगमले आफुसँग भएको पुराना ९ वटा सवारी साधन विक्रि गर्ने जनाएको छ । 

संस्थासँग भएको १ नम्बर लटको ४ वटा मारुती कार, एउटा  १९९५ मोडलको महिन्द्रा निसान, १९९९ मोडलको स्वोराज माज्दा, २००१ मोडलको यामाहा वाईबीएक्स, १९९५ मोडलको ईस्कर्ट आरएक्स र एउटा मोटरसाइकल लिलाम गर्ने भएको हो ।

यी गाडीहरु निगमको हाताभित्र जे जस्तो अवस्थामा छ सोही अवस्थामा सिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गरिने निगमले जनाएको छ । इच्छुक खरिदकर्ता व्यक्ति, फर्म वा कम्पनीले सशर्त सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त हाल्न समेत निगमले आग्रह गरेको छ ।  उक्त ९ वटा गाडीको मूल्य न्यूनतम २ लाख ४२ हजार ९ सय ४३ रुपैयाँ निगमले प्रस्ताव गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप