कवाडी सवारी साधन लिलाम बिक्री गर्दै आयल निगम
शुक्रबार, २० चैत २०७७, १७ : ३२
काठमाडौं । नेपाल आयाल निगमले सार्वजनिक बोल कबोलमार्फत संस्थाको कवाडी सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै निगमले आफुसँग भएको पुराना ९ वटा सवारी साधन विक्रि गर्ने जनाएको छ ।
संस्थासँग भएको १ नम्बर लटको ४ वटा मारुती कार, एउटा १९९५ मोडलको महिन्द्रा निसान, १९९९ मोडलको स्वोराज माज्दा, २००१ मोडलको यामाहा वाईबीएक्स, १९९५ मोडलको ईस्कर्ट आरएक्स र एउटा मोटरसाइकल लिलाम गर्ने भएको हो ।
यी गाडीहरु निगमको हाताभित्र जे जस्तो अवस्थामा छ सोही अवस्थामा सिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गरिने निगमले जनाएको छ । इच्छुक खरिदकर्ता व्यक्ति, फर्म वा कम्पनीले सशर्त सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त हाल्न समेत निगमले आग्रह गरेको छ । उक्त ९ वटा गाडीको मूल्य न्यूनतम २ लाख ४२ हजार ९ सय ४३ रुपैयाँ निगमले प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण