नेप्से इतिहासकै उच्च विन्दुमा, कारोबार ९ अर्ब नाघ्यो
आइतबार, २२ चैत २०७७, १६ : ५८
काठमाडौं । आइतबार सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । २५४० विन्दुको आफ्नै रेकर्ड ब्रेक गर्दै सेयर बजारले इतिहास कायम गरेको हो । बजार २६५७.६१ अंकमा पुगेर आइतबारको कारोबार बन्द भएको छ । यस दिन ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
७ कम्पनीको मूल्य वृद्धि भएर सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा ४६ करोड ८१ लाख रुपैयाँभन्दा बढी कारोबार भएको निफ्रा अग्रस्थानमा छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी रहेका छन । १३ समूहमध्ये ८ समूहको सूचक वृद्धि भएको छ । निर्जीवन बिमा समूहमा सबैभन्दा बढी बृद्धि देखिन्छ । फाइनान्स, अन्य तथा वाणिज्य बैंक समूह पनि वृद्धि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण