राष्ट्र बैंककी निर्देशकमाथि आमाको ३ करोड सम्पत्ति खाएको आरोप
काठमाडौं । राष्ट्र बैँककी निर्देशक पदमा कार्यरत सुष्मा रिजाल रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको छ । उनलाई पक्रनुको कारण हो–‘बुवा–आमाको सम्पत्ति खाएर हेला गरेको ।’ सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोड भन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ । कमलप्रसाद जल उत्पन्न प्रकोप विभागका पूर्व डिजी हुन् ।
ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाईंदैन । ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्रेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
०७६ मंसिरमा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन् । पालन–पोषण गर्ने शर्तमा संरक्षक बनेर सम्पत्तिको जिम्मा लिएकी सुष्माले माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनधिकृत रुपले निकालेको आमाले दावी गरेकी छिन् ।
आमा (८४ वर्ष) शोभाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको एसएसपी सिंहले बताएका छन् । श्रृजना फाइनान्स र अरनिको सहकारीमा राखेको रकम पनि छोरी–ज्वाईंले झुक्याएर निकालेको र आफुलाई पालन–पोषण नगरेको आमाको आरोप छ । शेयर पनि झुक्याएर बेचेपछि शोभाले कानुनी उपचार खोज्दै जाहेरी दिएकी हुन् ।
यो पनि पढौं...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण