कर्णालीका तीन मन्त्रीले मंगलबार राजीनामा दिने
सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले भोलि मंगलबार मात्र राजीनामा दिने भएका छन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार राजीनामा दिने भनिए पनि मन्त्रीहरुले मंगलबार राजीनामा दिने बताएका छन् । मंगलबार पत्रकार सम्मेलननै गरेर राजीनामा दिने र पार्टीको बैठकमा सहभागी हुने सामाजिक विकासमन्त्री दल रावलले रातोपाटीलाई जानकारी दिए ।
उनले भने, ‘पार्टीको निर्णयअनुसार नै हामी भोलि राजीनामा दिन्छौँ । त्यसपछि मात्रै पार्टीले बोलाएको बैठकमा सहभागी हुन्छौँ ।’ आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सरकारबाट राजीनामा दिन लागेका हुन् । कर्णालीमा एमालेले एकल सरकार बनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग समेत गरिसकेको छ ।
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् । यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।
यसअघि गत चैत चार गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र १ जना राप्रपाका सांसद छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण