राष्ट्रियसभा अध्यक्ष तिमल्सिना नेतृत्वको जम्बो टोली स्पेन प्रस्थान
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहितको १० सदस्यीय जम्बो प्रतिनिधिमण्डल सोमबार राती स्पेन हिँडेको छ । चैत २४ गतेदेखि स्पेनको कोथेरस शहरमा हुने ‘पीस कन्फरेन्स अफ लुम्विनी गार्डेन प्रोजेक्ट’ को उद्घाटन कार्यक्रममा भाग लिन अध्यक्ष तिमल्सिनासहितको टोली त्यसतर्फ लागेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जनाएका छन् ।
अध्यक्ष तिमिल्सिना उक्त कार्यक्रमका प्रमुख अतिथिका रुपमा सहभागी हुँदैछन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी र प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी, रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह, देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ रहेका छन् । त्यस्तै संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्ट स्पेनका प्रमुख आर्किटेक्ट उज्जवलमान शाक्य समेत सहभागी छन् ।

उक्त कार्यक्रममा अध्यक्ष तिमल्सिनाले पिस कन्फरेन्सको उद्घाटन गरी सो कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा स्पेनका सिनेटका अध्यक्ष, उपप्रधानमन्त्री, एक्सत्रेमादुराका मुख्यमन्त्री, प्रदेशका सभामुख, सांसदहरु लगायत विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी नेपाली प्रतिनिधि मण्डलले कोथेरेस नगरपालिकाको भ्रमण गर्नुका साथै अध्यक्ष तिमल्सिनाको उपस्थितिमा लुम्बिनी तथा कोथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । नेपाली टोली आगामी २०७८ बैशाख १ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण