वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध
सोमबार, २३ चैत २०७७, २३ : ०७

भरतपुर । वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ । वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिए ।
प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो । यसअघि पनि वायु प्रदूषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला