वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध
सोमबार, २३ चैत २०७७, २३ : ०७
भरतपुर । वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ । वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिए ।
प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो । यसअघि पनि वायु प्रदूषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण