हजुरबुवा रणधीर कपुरले गल्तीले सेयर गरे करिनाका कान्छो छोराको फोटो, केही बेरमै गरे डिलिट
बलिउड स्टार करिना कपुर खान र सैफ अली खान हालै दोस्रोपटक आमा–बुवा बनेका छन् । करिनाले यसै वर्ष फेब्रुअरीमा आफ्नो कान्छो छोरालाई जन्माएका हुन् । तर दुबैले प्रशंसकलाई अहिलेसम्म आफ्नो कान्छो छोराको फोटो सार्वजनिक गरेका छैनन् । करिनाले अन्तरराष्ट्रिय महिला दिवसको मौकामा आफ्नो कान्छो छोरासँग फोटो सेयर त गरेकी थिइन् तर त्यसमा बच्चाको अनुहार देखाइएको थिएन । तर सोमबार करिनाका पिता रणधीर कपुरले सोसल मिडियामा एउटा फोटो सेयर गरेर पुनः डिलिट गरेका छन् । यो फोटो करिनाका कान्छो छोराको हुनसक्ने बताइएको छ ।
सोसल मिडियामा सेयर गरे एउटा फोटो कोलाज
रणधीरले आफ्नो सोसल मिडिया अकाउन्टमा दुईवटा फोटोको एउटा कोलाज सेयर गरेका थिए । यो कोलाजमा एउटा फोटो त तैमुरको थियो र अर्को फोटोमा देखिएका बच्चा पनि तैमुर जस्तै देखिएको थियो । फोटो हेरेपछि प्रशंसकलाई लाग्न थाल्यो कि दोस्रो बच्चा करिनाकै कान्छो छोरा हुन् । यद्यपि, केही समय पछि नै रणधीरले यो फोटो डिलिट गरिदिए ।
तैमुरजस्तै देखिन्छन् करिनाका कान्छो छोराः रणधीर
रणधीरले केही समयअघि एक अन्तरवार्तामा करिनाका कान्छो छोरा ठ्याक्कै आफ्ना दाइ तैमुरजस्तै देखिने बताएका थिए । त्यसैले पनि यो फोटो करिनाका कान्छो छोराको नै हुनसक्ने धेरैले अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण