इन्डोनेसिया र इस्ट टिमोरमा बाढी र पहिरो, मृतकको संख्या १५० नाघ्यो
एजेन्सी । इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५० भन्दा बढी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।
यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका थिए । यस प्रकोपबाट इन्डोनेसियामा १३० र इस्ट टिमोर २७ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले मङ्गलबार बिहान बताउनुभएको छ । इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।
इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले मङ्गलबार जानकारी दिएका छन् । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ ।
वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ । गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी गत सेप्टेम्बरमा बोर्नेओ सहरमा आएको पहिरोमा परी ११ व्यक्तिको मृत्यु भएको थियो ।
इन्डोनेसियाको अनुमानित जनसंख्या १२ करोड ५० लाख रहेको छ । देशको आधा जनसंख्या पहिरोको जोखिममा रहेका क्षेत्रमा बस्ने गरेका पनि समाचारमा जनाइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण