हतारमा प्रदेशसभा अधिवशेन अन्त्य गरेको भन्दै सांसदहरुको आपत्ति
बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णयप्रति प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् । प्रदेशसभा सदस्यहरुले काम गर्नुपर्ने समयमा बिजनेस नपाएको बाहानामा अधिवेशन अन्त गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
आजको बैठकमा बोल्दै प्रदेशसभा सदस्य वीरबहादुर रानाले छिटोभन्दा संसद अधिवेशन अन्य गरेकोमा आपत्ति जनाए । उनले महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने बेलामा विजनेश नपाएको भन्दै अधिवेशन अन्त्य गर्न लागिएकोमा आपत्ति जनाए ।
केन्द्रमा देखिएको राजनीतिको असर प्रदेशमा देखिएको बताउँदै उनले जनताको आवाज मुखरित गर्ने प्रदेशसभा अधिवेशन अन्त्य गर्नु गलत भएको बताए । उनले लोकतन्त्रमा जनताको आवाज मुखरित गर्ने सत्तापक्षको कमजोरी रहेको बताउँदै लुम्बिनी प्रदेशमा सघाउँदा सघाउँदै काम गर्न नसकेको आरोप लगाए ।
बैठकमा बोल्दै प्रदेशसभा सदस्यले कृष्ण खड्काले हिउँदे अधिवेशनमा विधेयक अधिवेशनको रुपमा लिनुपर्ने भएपनि छिटो अन्त्य गर्न लागिएको प्रति गुनासो ब्यक्त गरे । उनले प्रदेशसभा बैठकबाट सरकार तर्सिएको बताउँदै अधिवेशन अन्त्य गर्नु लगत भएको दाबी गरे । उनले संसदलाई निरन्तर सञ्चालन गर्न आग्रह गर्दै यो अवधिमा गरेका कामहरुको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले अधिवेशनमा कुनैपनि विधेयक दर्ता नभएको भन्दै दुःखेसो पोखे ।
बैठकमा बोल्दै प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेले नागरिकताको क्षेत्रमा अझैपनि सम्पूर्ण कामहरु नभएको बताए । बैठकमा प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले मन्त्रिपरिषद्को निर्णयको बचाउ गरे । उनले छिटोभन्दा छिटो अधिवेशन अन्त्य गर्दैमा अलोकतान्त्रिक हुने बताए । उनले बजेट अधिवेशनका लागि तयारी गर्नुपर्ने भएकोले छिटो अधिवेशन सकिएको दाबी गरे । सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदले बिजनेस नपाएको भन्दै संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण