अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए
बुधबार, २५ चैत २०७७, १४ : १०

काबुल । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकुको ज्यान गएको छ ।
हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
-
तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार