संसदमा प्रेम सुवालको प्रश्न: म्यानमारको उपद्रो चीनलाई घेर्ने योजना त होइन ?
काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले म्यानमारमा भइरहेको उपद्रव साम्राज्यवादीहरुले चीनलाई घेर्ने रणनीति अन्तर्गत त भएको होइन भन्दै प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले म्यानमारको आङसाङ सुकीको सरकारलाई त्यहाँको सैनिकबाट अपदस्थ गरिएकोबारे संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया र जापानमा समेत कुरा उठ्नुका साथै नेपालको यो संसदमा पनि चर्चा चलेको बताए । तर उनले म्यानमारमा सुकीको पार्टीको सरकारमा भएको भ्रष्टाचारबारे चर्चा नभएको भन्दै त्यस आन्दोलनको बेला सुकीको पार्टीको मुख्यालय संयुक्त राज्य अमेरिकामा रहेको र त्यसको शाखा भारतमा रहेकोबारे कतै चर्चा नभएको प्रसंग सुनाए ।
‘यसरी सुकीको आन्दोलनमा बाहिरी हस्तक्षेप भएको देखिन्छ, यसबारे पनि चर्चा भएन । म्यानमारको सैनिक शासनको विरोधको निहुँमा चिनियाँ उद्योगमा आगलागी र चीनको झण्डा जलाइएको छ । कतै यो एमसीसीको सिलसिला त होइन ?’ सुवालले प्रश्न उठिरहेको बताए ।
उनले म्यानमारका जनताको मानवअधिकार र प्रजातन्त्रको नाममा अमेरिकी सरकारको हस्तक्षेप त होइन भन्दै प्रश्न गरे । ‘म्यानमारका जनताको मानवअधिकार र प्रजातन्त्रको नाममा संयुक्तराज्य अमेरिकी सरकारको हस्तक्षेप त होइन यो पनि प्रश्न उठिरहेको छ । म्यानमारको अहिलेको उपद्रो चीनलाई दक्षिणतिरबाट घेर्ने साम्राज्यवादीहरुको योजना अन्तर्गत त होइन ?’ सुवालले भने, ‘संसारको इतिहासमा उपनिवेशवाद, जातीवाद फैलाउने, झुठ र भ्रम फैलाउने तथा हस्तक्षेप र आक्रमण गर्ने दोहोरो मापदण्डका साथ साम्राज्यवादी देशहरु मानवअधिकार र प्रजातन्त्रको झण्डा बोकेर आफ्नो अपराधलाई ढाकछोप गर्दैछन् ।’
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

