अमेरिकाको पार्कमा बसिरहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहारः एकको मृत्यु, ६ घाइते
अमेरिकाको टेक्सासको ब्रायन शहरको एउटा पार्कमा एक व्यक्तिले खुलेआम गोलीबारी गरिदिए । पार्कमा बसेका एक व्यक्तिको मृत्यु भएको छ जबकी अन्य ६ जना घाइते भएका छन् । पार्कमा ठूलो संख्यामा मानिसहरु घुमिरहेका बेला उक्त गोलीबारी गरिएको हो । प्रहरीले आरोपीलाई हिरासतमा लिएको छ । घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
प्रहरीका अनुसार गोलीबारीको यो घटना ब्रायन शहरको इन्डष्ट्रियल पार्कमा भएको हो । स्थानीय समयानुसार घटना बिहिबार दिउँसो साढे दुई बजेको हो । प्रहरीले सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरेको हो ।
राष्ट्रपति बाइडेनले भने, ‘यो महामारीजस्तै हो’
अमेरिकामा लगातार भइरहेको गोलीबारीको घटनाको विषयमा राष्ट्रपति जो बाइडेन पनि चिन्तित छन् । उनी यसमाथि लगाम लगाउने कोसिसमा जुटिरहेका छन् । बाइडेनले देशमा बन्दुकमार्फत् भइरहेको हिंसालाई महामारीको संज्ञा दिएका छन् । यसलाई रोक्नका लागि हर सम्भव कदम उठाइने उनले जानकारी दिए ।
अमेरिका पार्कमा बसिरहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहारः एकको मृत्यु, ६ घाइते

एक हप्ता अघि पनि भएको थियो गोलीबारीः
अघिल्लो हप्ता अर्थात् ३ अप्रिलमा वासिङ्टन डीसीमा भएको गोलीबारीका कारण लकडाउन लगाइएको थियो । यो घटनाका बेला अमेरिकी संसद क्यापिटल हिल इलाकामा दुई प्रहरी अधिकारीको एउटा गाडीलाई ठक्कर पनि दिएको थियो जसमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो । कारको ठक्करपछि क्यापिटल कम्प्लेक्सको ब्यारिकेडमा प्रहरीले गोली पनि चलाएको थियो जसमा एक संदिग्धको पनि मृत्यु भएको थियो । अमेरिकी सरकारको रिपोर्ट अनुसार यस वर्ष हालसम्म ४५५ मानिसहरु गोलीबारीमा मारिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण