ओलीको विकल्प जसरी आउँछ त्यसरी हामीले सम्झौता गर्नुपर्छः रामचन्द्र पौडेल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव चुनाव भनेर हामफाल्ने कुराले हामीलाई कहाँ पुर्याउँछ ? चुनाव –चुनाव मात्र भनेर सुख पाइँदैन । हामीले यो निरंकुशतातिर गइरहेको सरकारको विकल्पको खोजी गर्नुपर्छ ।’
केपी ओली सरकारको विकल्पका लागि काँग्रेसले उद्दार भएर सम्झौता गर्नुपर्ने पौडेलको भनाइ छ । ‘विकल्पका लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गर्नुपर्छ ।’ आजै अपरान्ह तीन बजे तीन दल (काँग्रेस, माओवादी केन्द्र र जसपा)बीच सत्ता समीकरणबारे छलफल हुँदैछ । उनीहरुसँग मिलेर ओली सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्नेमा पौडेलको जोड छ ।
‘हामीले एउटा चान्स मिस गरेकै हो । फेरि अर्को सान्स मिस गरियो भने न रुन न हाँस्न पाउँछौ । प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग नगरेका बेला प्रतिपक्षले गरेकी गरेनन् त्यसको पनि इतिहासमा समीक्षा हुनेछ’ उनले भने ।
उनले अगाडि भने, ‘हामीले सत्ताभन्दा व्यवस्थालाई महत्व दिनुपर्छ । नीति बनाएर इमान्दार प्रयत्न गर्यो भने सत्ता आफैं आउँछ । आज हामी एउटै कुरा सोचौं लोकतन्त्र कसरी बचाउने ? लोकतन्त्रलाई बचाउन हामीले आफूलाई पनि बचाउनुपर्छ ।’
समुदायलाई लोकतान्त्रिकरण गर्न आफूलाई पनि लोकतान्त्रिकरणका लागि तयार राख्नुपर्ने उनले बताए । उनले भने, ‘कर्मचारीलाई काँग्रेसको पक्ष लिनुस् भन्दिनँ । तर पक्षपात रोक्नुस् । आज कम्युनिस्टहरु नाङ्गो रुपमा पक्षपातको शासन गरिरहेका छन् । आजको हाम्रो लडाइ तिनीहरूसँग हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण