सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषद बैठकका मुख्य निर्णयहरु

शुक्रबार, २७ चैत २०७७, १६ : ५९
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रपति चुरे संरक्षण आयोजनामा पर्वत फलेबासका डा.किरण पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् । 

बैठकले विदेशमा बस्ने नेपालीका लागि नेपाली भाषामा शिक्षण सिकाईका लागि कुनै संस्था वा व्यक्तिले अनुमति मागेमा विदेशमा विद्यालय सञ्चालनका लागि निर्धारित सर्तका आधारमा अनुमति दिने निर्णय गरेको छ ।  यस्तै त्रिभूवन विश्वविद्यालयको स्वामित्वमा रहेको ६० रोपनी जग्गामा त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान अन्र्तगत नेफ्रोलोजी र यूरोलोजी अध्ययन अध्यापन तालिम र उपचारका लागि भवन बनाउन त्रिविलाई स्वीकृति दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा विज्ञापन बोर्डको अध्यक्षमा काभ्रे पनौतिका लक्ष्मण हुमागाँईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप