यस्ता छन् मन्त्रिपरिषद बैठकका मुख्य निर्णयहरु
काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रपति चुरे संरक्षण आयोजनामा पर्वत फलेबासका डा.किरण पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
बैठकले विदेशमा बस्ने नेपालीका लागि नेपाली भाषामा शिक्षण सिकाईका लागि कुनै संस्था वा व्यक्तिले अनुमति मागेमा विदेशमा विद्यालय सञ्चालनका लागि निर्धारित सर्तका आधारमा अनुमति दिने निर्णय गरेको छ । यस्तै त्रिभूवन विश्वविद्यालयको स्वामित्वमा रहेको ६० रोपनी जग्गामा त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान अन्र्तगत नेफ्रोलोजी र यूरोलोजी अध्ययन अध्यापन तालिम र उपचारका लागि भवन बनाउन त्रिविलाई स्वीकृति दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा विज्ञापन बोर्डको अध्यक्षमा काभ्रे पनौतिका लक्ष्मण हुमागाँईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण