तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उनले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताए ।
महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए ।
नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सँधै देश र जनताको हितमा काम गरेको स्मरणसमेत गरे । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुद बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण