बैतडीमा पन्ध्र सामुदायिक वनमा आगलागी
बैतडी । लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खा पनका कारण वन जङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ । यहाँका अधिकांश वन जङ्गलमा आगलागी भएको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए । आगलागीका कारण काँचो रुखसमेत जलेर नष्ट भएका छन् ।
सामुदायिक वनमा आगलागी हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएको स्थानीयवासीले बताएका छन् । वनमा भएको आगलागीका कारण वातावरणसमेत प्रदूषण भइरहेको छ । वन जङ्गलमा लागेको आगोले वर्षौंसम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीको भनाइ छ । खडेरीका कारण वन जङ्गलमा रुख आफैँ सुकिरहेका बेला आगलागीका कारण झन् समस्या भएको उनले बताए ।
वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वन जङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएका स्थानीयवासीले बताएका छन् । डढेलोको कारण समस्या निम्त्याउने भएकाले सावधानी अपनाउन वन कार्यालयले आग्रह रहेको छ ।
लामो समयदेखिको खडेरीले बैतडीका विभिन्न स्थानमा वन जङ्गलका रुख सुक्न थालेका छन् । रुख बिरुवामा पालुवा आउने बेलामा ठूलठूला रुख सुक्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । सुर्नया गाउँपालिका–४ को रौलेश्वर केदार सामुदायिक वन, रानी पातल सामुदायिक वन, बजलाडी सामुदायिक वन, ठूला पातल सामुदायिक वन, चोर पातल र सौलेभाडी सामुदायिक वनमा रुख सुक्न थालेको सुर्नया गाउँपालिका–४ का रामबहादुर महराले बताए ।
सामुदायिक वनमा रुखहरु सुक्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले भने, ‘लामो समयको खडेरी, रोग कीराको प्रकोप र रुखहरू बुढो भएका कारणले रुख सुकेको बताए ।’ रुखहरू सुक्दै जान थालेपछि पानी मुहान पनि सुक्दै गएका छन् । जिल्लाका अधिकांश ठाउँमा खानेपानीको हाहाकार हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु
-
२० वर्षे पुराना सवारीसाधनमैत्री काठमाडौं उपत्यका बनाउने अभियानमा प्रहरी
-
तेस्रो त्रैमासमा १२ वाणिज्य बैंक कारबाहीमा, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
-
रुसले उत्तर कोरियालाई नयाँ युद्धपोत निर्माणमा सहयोग गरेको हुनसक्छ : सियोल
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
बोर्डको लोगो प्रयोग गरी कक्षा १२ को परीक्षाका बारेमा भ्रम फैलिएपछि...