रुपन्देहीमा बसको ठक्करबाट १ जनाको मृत्यु
आइतबार, २९ चैत २०७७, १७ : ५३
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशातर्फ गइरहेको लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार दुर्घटनामा परी मोटरसाइकलका चालक प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–१ सौतामारेका १८ वर्षका सञ्जय खनालको मुत्यु भएको छ । भने सोही ठाउँ कै २० वर्षका फिरज क्षत्री गम्भिर घाइते भएका छन् । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण