जनता समाजवादी पार्टीले थाल्यो आन्तरिक छलफल
काठमाडौं । प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध उभिन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएपछि जनता समाजवादी पार्टीले छलफल थालेको छ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३÷४ दिन अझै चल्ने बताए ।
जसपाभित्र अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको विषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
-
चापाकल सुकेसँगै वीरगञ्जमा खानेपानीको अभाव
-
उपेन्द्र यादवको पार्टीमा अपमान र जालझेल सहन नसकेर अलग भएकी हुँ : रेणु यादव
-
नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ लुम्बिनी प्रदेशकाे अध्यक्षमा पोखरेल
-
गिल र सुदर्शनको ब्याटिङले कुन-कुन रेकर्ड तोडियो ?
-
आलोकनगरमा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक