हरिद्वारमा पूर्वराजाको सम्बोधनः आर्य सभ्यताको महत्व खिइँदै गयो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् ।
पूर्वराजा शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत बताए । उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिए, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिँदै गएको कुरामा उहाँले उक्त निबन्ध लेख्नुभएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’
शाहले हिन्दु धर्म, सभ्यता, संस्कृतिका अनेक आदर्शहरुले विश्व कै मानवीय मूल्यलाई डोर्याउने बताउँदै त्यसलाई बचाउन र हिन्दु संस्कृतिको रक्षा गर्दै मठ, मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिए ।
निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वार पुगेका हुन् । हरिद्वारको गंगा किनारमा अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण