गायक वैद्यलाई लाईफटाइम र गायिका मोक्तानलाई संगीत साधना सम्मान
काठमाडौंँ । ख्याति प्राप्त गायक योगेश वैद्य ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।’ विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई सो सम्मान दिइएको हो । स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान दिइएको थियो ।
राजधानीमा सम्पन्न ११ औं संस्करणको अवार्डमा गायिका कुन्ती मोक्तानलाई नगद ५० हजार रुपियाँ सहित संगीत साधना सम्मान, गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपियाँ सहित संगीत रत्न सम्मान र पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान दिइयो ।
कार्यक्रममा पपुलर अवार्ड अभिनेता अभिनेत्री पल शाह र अनु शाह, अन्तराष्ट्रिय संगीत सम्मान सुरज गैरे, पब्लिक च्वाइस अवार्ड नरेश खाती, जुरी अवार्ड गायक रमेशराज भट्टराई र गीतकार बि.पाण्डे र सर्वोत्कृष्ट सुगम संगीत म्यूजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेले हात पारे । दुई दर्जन बढी अवार्ड बाँडिएको कार्यक्रममा विभिन्न गीतसंगीत र त्यसका श्रष्ठाले समेत अवार्ड हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण