कोरोनाले अब हप्ता दिनमा होइन, तीन दिनमै फोक्सोलाई ५०–७० प्रतिशत संक्रमित गरिरहेछ, त्यसैले बढ्यो मृत्युको आँकडा
भारतमा कोरोनाको दोस्रो लहर चलिरहेको छ । नेपालमा पनि दैनिक जसो संक्रमितको संख्यमा वृद्धि भइरहेको छ । यो लहरमा फोक्सोलाई हानी पुर्याउने गतिमा पनि व्यापक वृद्धि भइरहेको छ । भारतीय मिडियाले विज्ञलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचार अनुसार दोस्रो लहर अर्थात् कोरोनाभाइरसको नयाँ स्ट्रेनले २–३ दिनमा नै फोक्सोलाई ५०–७० प्रतिशतसम्म संक्रमित गर्न सक्छ । जबकी पहिलो लहरमा यसमा करिब ७ दिनको समय लाग्थ्यो । यसैकारण दोस्रो लहरमा मृत्युको आँकडा पनि बढिरहेको छ ।
संक्रमणबारे पत्ता लाग्नु अघि नै फोक्सोमा क्षती भइसक्छः
सामान्यतयाः बिरामीमा कोरोनाको संक्रमण पुष्टि हुन दुईदेखि तीन दिनको समय लाग्छ । एन्टिजन परीक्षण, आरटी–पीसीआर वा सिटी स्कयानको रिपोर्ट आउनमा २४ देखि ३६ घण्टाको समय लाग्छ । त्यतिबेला सम्म त संक्रमणका फोक्सोमा फैलिसकेको हुन्छ । पल्मोनोलजिस्टका अनुसार २० वर्षसम्म दैनिक २–३ वटा चुरोट पिउँदा जति क्षती हुन्छ त्यति २–३ दिनमा भइसक्छ ।
यसपटक यसरी फैलिरहेको छ संक्रमणः
पहिलो लहरः पाँचौं दिन बिरामीको फोक्सोको स्थितिको सिटी स्क्यान संक्रमणको ५–७ दिनसम्म रिपोर्ट नर्मल आउँथ्यो ।
दोस्रो लहरः दोस्रो दिन बिरामीको फोक्साको सिटी स्क्यान, ५० प्रतिशत संक्रमण ।
दोस्रो लहरः तेस्रो दिनको सिटी स्क्यान, ७० प्रतिशत संक्रमण ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण