बर्दियामा हत्या गरेर भारतमा घरजम, १८ वर्षपछि पक्राउ
काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–३ का जितबहादुर गोदारको हत्या भयो । ०६० कात्तिकमा दश जना मिलेर बन्चरोले हिर्काएर उनको हत्या गरेका थिए । हत्यामा संलग्नलाई ०६८ जेठमा बर्दिया जिल्ला अदालतले २० वर्ष कैद सजाय हुने फैसला सुनायो ।
घटनालगत्तै पक्राउ गरिएकाहरु जेल परे । तर, मुख्य अभियुक्त चाहिँ भारतमा घरजम गरेर बसिरहेका थिए । बढैयाताल गाउँपालिका–३ का मुख्य कसूरदार कृपाराम खटिकलाई १८ वर्षपछि जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले पक्राउ गरेको छ । खटिकलाई नेपाल–भारत सिमानाबाट पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए । कृपाराम मुख्य अभियुक्त हुन् । अदालतले उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला अदालतको आदेशले बर्दिया कारागारमा थुनामा पठाइएको छ ।
हत्यापछि शुरुको ९ वर्ष भारतको रपैडिया र नानपारामा मजदुरी गरेर बसेका ५८ वर्षीय खटिक पछिल्लो समय मोहनपुरमा बस्न थालेका थिए । उनले मोहनपुरमा घर बनाएर परिवारसहित त्यहाँ बसिरहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
‘कृपाराम मोहनपुरमा भैंसी पालन गरेर स्थायी रुपमा बस्दै आएको अनुसन्धानबाट थाहा भएको छ’ एसपी कार्कीले भने–‘त्यहाँ उनले धान कुट्ने मिल पनि चलाएका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण