उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण
बुधबार, ०१ वैशाख २०७८, १३ : ३६
लखनउ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री आदित्यनाथले आफूलाई कोरोना पोजेटिभ भएको जनाएका हुन् । बुधबार ट्वीटरमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएँ र मेरो रिपोर्ट पोजेटिभ आएको छ ।’
उनले आफू सेल्फ आइसोलेसनमा रहेको र चिकित्सकको परामर्शलाई पूर्ण रुपमा पालन गरिरहेको जनाएका छन् । आफूले सबै काम ‘भर्चुअली’ सम्पादन गरिरहेको पनि उनले उल्लेख गरेका छन् । आफूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन र परीक्षण गर्न पनि उनले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण