सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ
काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गलबजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको धारणा राखे । वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सञ्चालन गरिएको उल्लेख गरे ।
केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतिमा भइरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सही दिशा लिन प्रयासरत रहेको उल्लेख गरे । सरकारले सधैँ ज्येष्ठ नागरिक हितमा काम गर्दै आएको स्पष्ट पार्दै मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको विशेष ख्याल गरिने बताए । ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकलाई मृत्युपश्चात नभई जीवित छँदै सम्झिनुपर्नेमा जोड दिए ।
महानगरपालिकाले ज्येष्ठ नागरिकको हकमा विभिन्न कार्य गर्दै आएको उनले बताए । यस्तै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकको अनुभवबाट समाज र मुलुकले लाभ लिनुपर्ने बताए । ज्येष्ठ नागरिकको सहज जीवनका लागि सबै निकायको प्रयास आवश्यक रहेको उनको भनाई थियो । सो अवसरमा मन्त्री गुरुङ, नगरप्रमुख महर्जन र वाङमय शताब्दी पुरुष जोशीले संयुक्त रुपमा भित्ते पात्रोको विमोचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण