स्टोक्स लगातार दोस्रो पटक विस्डेन वर्ष क्रिकेटर
इङ्ल्याण्डका अलराउन्डर बेन स्टोक्स लगातार दोस्रो वर्ष विस्डेनको वर्ष खेलाडी छनौट भएका छन् । सन् २००४ मा शुरु गरिएको यो अवार्ड दुई पटक जित्ने स्टोक्स इङ्ग्ल्याण्डका पहिलो खेलाडी हुन् । २९ वर्षीय खेलाडीले सन् २०२० मा अन्य कुनै ब्याट्सम्यानभन्दा धेरै रन बनाएका थिए । ७ खेलमा उनले ६४१ रन बनाए भने १९ विकेट पनि लिन सफल भए ।
सन् २०१९ मा उत्कृष्ट प्रदर्शन गरेका स्टोक्सले गत वर्ष पनि यो उपाधि जितेका थिए । उनको प्रेरणामा इंग्ल्याण्डले विश्वकपमाथि कब्जा जमाएको थियो । केन्टका अलराउन्डर ड्यारेन स्टिभन्स विस्डेनको वर्षका पाँच क्रिकेटरको सूचीमा पर्ने सन् १९३३ यताकै पाका खेलाडी हुन् । यो सूचीमा इङ्ल्याण्डका ज्याक क्रली र डोम सिब्ली, पाकिस्तानका मोहमद रिजवान र वेस्ट इन्डिजका कप्तान जेसन होल्डर रहेका छन् ।
कोरोना महामारीको चपेटामा परेको सन् २०२० मा स्टोक्सले ५८.२७ को औसतले टेस्टमा रन बनाएका थिए । यसमा दक्षिण अफ्रिकाविरुद्ध १२० रन र वेस्ट इन्डिजविरुद्ध १७६ रन सामेल छ । उनले १८.७३ को औसतले १९ विकेट लिए ।
अस्ट्रेलियाकी वेथ मुनी विस्डेनको महिला वर्ष खेलाडी चुनिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण