बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल पहिलो मुलुक : प्रधानमन्त्री

बिहीबार, ०२ वैशाख २०७८, १४ : १३
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने बताएका छन् । बिहिबार अनलाईन ल्याण्ड म्यानेजमेन्ट सिस्टमका दुई वटा सफ्टवेयर ‘ल्याण्ड इन्फरमेसन सिस्टम’ तथा  ‘मेरो कित्ता’ को औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो । यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् । यसमा थप अहिले ल्याण्ड म्यानेजमेन्टमा समेत हामीले डिजिटल सिस्टमको विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ’ प्रधानमन्त्री ओलीले भने ।

त्यसो त यो सरकारले एक वर्षमा विकास निर्माणसँगै डिजिटल नेपालको क्षेत्रमा समेत तीव्र विकास गरेको प्रधानमन्त्री ओलीले बताए ।  ‘एक वर्षमा सगरमाथाको उचाइ नापिएको छ । यहीँ एक वर्षमा डिजिटल स्वाइल म्यापिङ्ग सिस्टमको शुरुवात भएको छ । सोही एक वर्षमा डिजिटल ल्याण्ड म्यापिङ्ग सिस्टमको समेत विकास भएको छ भने, यो सरकारले गरेका उपलब्धीका कामहरु यी सूचकहरु हेरे पुग्दैन र ?’ प्रधानमन्त्रीले भने, ‘यो सरकार मुलुकको तीव्र विकाससँगै प्रविधिको प्रयोगमा समेत निकै अघि बढिसकेको छ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अब सबै उत्पादनमा केन्द्रीत हुनुपर्ने बताए । यी सबै विकाससँगै प्रविधिसँग समेत नेपाल धेरै अघि बढिसकेको देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप