डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल पहिलो मुलुक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने बताएका छन् । बिहिबार अनलाईन ल्याण्ड म्यानेजमेन्ट सिस्टमका दुई वटा सफ्टवेयर ‘ल्याण्ड इन्फरमेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ को औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो । यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् । यसमा थप अहिले ल्याण्ड म्यानेजमेन्टमा समेत हामीले डिजिटल सिस्टमको विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ’ प्रधानमन्त्री ओलीले भने ।
त्यसो त यो सरकारले एक वर्षमा विकास निर्माणसँगै डिजिटल नेपालको क्षेत्रमा समेत तीव्र विकास गरेको प्रधानमन्त्री ओलीले बताए । ‘एक वर्षमा सगरमाथाको उचाइ नापिएको छ । यहीँ एक वर्षमा डिजिटल स्वाइल म्यापिङ्ग सिस्टमको शुरुवात भएको छ । सोही एक वर्षमा डिजिटल ल्याण्ड म्यापिङ्ग सिस्टमको समेत विकास भएको छ भने, यो सरकारले गरेका उपलब्धीका कामहरु यी सूचकहरु हेरे पुग्दैन र ?’ प्रधानमन्त्रीले भने, ‘यो सरकार मुलुकको तीव्र विकाससँगै प्रविधिको प्रयोगमा समेत निकै अघि बढिसकेको छ ।’
सो अवसरमा प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अब सबै उत्पादनमा केन्द्रीत हुनुपर्ने बताए । यी सबै विकाससँगै प्रविधिसँग समेत नेपाल धेरै अघि बढिसकेको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण