मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भए : बानियाँ
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभा बैठकमा उनले कोरोना महामारीले थलिएको देशका जनताले सरकारको आभाससमेत गर्न नपाएको गुनासो गरे । यस्तो महामारीको समयमा पनि सरकार आफ्ना मन्त्री र कार्यकर्ता पोस्नमा व्यस्त रहेको उनले बताए ।
उनले सरकार र सरकारका मन्त्रीहरु विभिन्न आयोजना र विकासको नाममा भ्रष्टाचारमा लिप्त भएकोले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाइ थियो । देशमा कोरोनाको दोस्रो लहर सुरु हुँदासमेत प्रदेश सरकार जनताको स्वास्थ्यप्रति उत्तरदायी नदेखिएको उनले बताए । देशमा प्राकृतिक प्रकोपको घटनाका पीडितले सरकारको खोजी गरिरहेको बेलामा प्रदेशका जनताले सरकार भएको महसुससमेत गर्न नपाएको उनले बताए ।
प्रदेश सरकार आफ्ना कार्यकर्ता पोस्न कै लागि सरकारी स्वामित्वको निर्माण कम्पनी स्थापनामा लागेको उनको आरोप छ । निजी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न नसकेका सरकारी स्वामित्वका उद्योगको व्यवस्थापनमा लाग्नुको सट्टा सरकारले निर्माण कम्पनी खोलेर भ्रष्टाचारलाई प्रश्रय दिन खोजेको उनले बताए ।
सिन्धुपाल्चोकका बाढी पीडित जनताहरु आवासको अपेक्षामा प्रदेश सरकारको मुख ताकेर बसेको जनता नदेख्ने वर्तमान सरकारले विकासको नाममा कार्यकर्ता पाल्नेमात्र काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण