शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री गुरुङले विदाई गरे हिमआरोही टोली

बिहीबार, ०२ वैशाख २०७८, १८ : १६
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमआरोही टोलीलाई विदाई गरेका छन् । एकै परिवारका तीन दिदी बहिनी सम्मिलित ‘थ्री सिष्टर अन सेभेन समिट अभियान’ टोलीलाई मन्त्रालयद्वारा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गरेका हुन् । दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदिङका एउटै परिवारका तीन दिदी बहिनी निमाजाङबु शेर्पा (३० वर्ष), छिरिङ नाम्गे शेर्पा (२६ वर्ष) र दावा फुटी शेर्पा (२४ वर्ष)ले शुक्रबारदेखि सातै महादेशका अग्ला शिखर आरोहण गर्न सुरु गर्नेछन् ।

आरोहण दलका टोली नेता दावा फुट्टीले ३ वर्षभित्रमा सातैवटा महादेशको अग्लो शिखर आरोहण गर्ने योजना रहेको जानकारी दिए । टोलीलाई विदाई गर्दै मन्त्री गुरुङले आरोहण सफल बनाउनका लागि सरकारले सक्दो सहयोग, समन्वय र साथ दिने प्रतिबद्धता व्यक्त गरे । एकै घरका तीन जना दिदी बहिनीले सगरमाथासहित सबै महादेशका अग्लो शिखर चुमेर विश्वमा नयाँ कीर्तिमान राख्ने योजना बनाएकोमा खुसी व्यक्त गर्दै उनले सो अभियानको पूर्ण सफलताको कामना समेत गरे । कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, कम उमेरमै विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्न सफल तेम्बाछिरी शेर्पा लगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप