एमाले सांसद रावल बस्ने घरमा ढुंगा हान्ने पक्राउ
बिहीबार, ०२ वैशाख २०७८, १९ : ४४
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्दै आएको घरमा ढुंगा हान्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापको गोकुलगंगा गाउँपालिका–१ घर भएका मनोज तामाङ र पाँचथर घर भएका नसिम लिम्बुलाई पक्राउ गरेको हो ।
मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद हुँदा बुधवार राती दुई युवाले ढुंगा हानेका थिए । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
विहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले आफ्नो घरमा ढुंगामुढा हुँदा प्रहरीले वेवास्ता गरेको आरोप लगाए । गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो । बाटोमा पार्किङ गरेको मोटरसाइकलको हावा खुस्काएपछि आक्रोशित समूहले हुलदंगा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण