मौसम खराबीले उडान सामान्य प्रभावित
काठमाडौं । मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका छन् भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रियतर्फ दमामबाट आइरहेको हिमालय एयरलाइन्सको जहाज बनारस डाइभर्ट भएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाज पनि बनारस डाइभर्ट गरिएको छ । दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज कोलकात्ता डाईभर्ट भएको छ । यस्तै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज दिल्लीबाट काठमाडौँ आउँदै गरेकामा मौसम खराबीले उतै फर्किएको विमानस्थलले जनाएको छ ।
आन्तरिकमा बुद्ध र यतीका सात उडान विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा अपराह्नपछि मौसम बद्ली भई चट्याङ्ग/हावाहुरीसहितको वर्षा भएको छ । काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा १२ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धनकुटामा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण