बाइडेनको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने

एजेन्सी । बाइडेनले रुस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रुस र अमेरिकाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा छलफल गर्न आफू र पुटिनले तटस्थ भूमिमा शिखर बैठकको प्रस्ताव गरेका थिए ।
साथै वासिङ्टन र मस्कोबीच तनाब अन्त्य गर्ने बेला आएको बाइडेनले बिहीबार बताएका थिए ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले शुक्रबार पत्रकारसँग भने, ‘रूसी राष्ट्रपति पुटिनले सम्बन्ध निर्माणको लागि यो समय उत्कृष्ट रहेको र यो समय अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने र सम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभएको छ ।’
‘उहाँले बारम्बार भन्नुभएको छ हामी हाम्रा समकक्षीसँग वार्तालाप गरी सम्बन्ध विकास गर्न तयार छौं’ क्रेमलिन प्रवक्ताले भने । “विवाद समाधान कम गर्ने सम्बन्धमा ‘राम्रो’ कुरा यो हो कि दुई मुलुकका नेताहरूको दृष्टिकोण मेल खाएको छ ।”
फिनल्यान्डका राष्ट्रपति सउली निनिस्तोले शुक्रबार आफ्नो देशलाई सम्भावित बैठकस्थलकोे लागि प्रस्ताव गरिसक्नुभए पनि क्रेमलिन अझै पनि पुटिन–बाइडेन शिखर सम्मेलनको प्रस्तावबारे विचार गरिरहेको उनले बताए ।
तनाव कम गर्ने आह्वानको बाबजुद वासिङ्टनले हालै चुनावी तथा साइबर हस्तक्षेपको आरोप लगाएको थियो जसले मस्कोलाई थप आक्रोशित पारेको थियो । क्रेमलिनले ‘दण्डले सम्भावित शिखर सम्मेलनलाई सहयोग’ नगर्ने पनि बताएको छ । उनले भने, “प्रतिबन्धको बाटो रसका लागि अस्वीकार्य रहेको छ ।”
निर्वाचनका समय बाइडेनले आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा मस्कोसँग धेरै कडा नीति लिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य