करणले कार्तिकलाई फिल्मबाट निकाले, इन्स्टाग्राममा गरे ‘अनफलो’
शनिबार, ०४ वैशाख २०७८, १० : ५५
बलिउड निर्देशक करण जौहरको फिल्म ‘दोस्ताना २’ निर्माणको तयारी भइरहेको छ ।
एक रिपोर्टका अनुसार अभिनेता कार्तिक आर्यनलाई करणले उक्त फिल्मबाट निकालेका छन् । उनको सट्टामा अर्को अभिनेतालाई राखिएको छ । आफ्नो प्रोजेक्टबाट बाहिर निकालेपछि करणले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘अनफलो’ समेत गरेका छन् ।
रिपोर्टका अनुसार कार्तिकले उक्त फिल्मको २० दिनसम्म शुटिङ गरेका थिए । तर, कार्तिकलाई दोस्रो भागको कथाबस्तु मन परेको थिएन । उनलाई फिल्मको कथा मन नपरेको भन्दै करणले उनलाई हटाएको बताइएको छ ।
करण जौहरले धर्मा प्रोडक्सनको तर्फबाट ‘दोस्ताना २’ को री–कास्टिङलाई लिएर एक आधिकारिक बयान दिएका छन् । बयानका अनुसार ‘व्यवसायिक हिसाबले हामी कोलिन डि को निर्देशनमा बनिरहेको फिल्म दोस्ताना २ को री कास्टिङ गरिनेछ । औपचारिक सूचनाको प्रतिक्षा गर्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण