महिलाको स्तन काटे, ब्यागमा हालेर घर पुर्याए
टाइम्स न्यूज नेटवर्क
भारतको केरलको इडुकीमा मंगलबार ४१ वर्षीया एक महिलाको निकै भयानक तरिकाले हत्या गरियो । महिलाको बायाँ स्तन ससाना टुक्रामा काटिएको पाइयो । यस मुद्दामा पुलिसले आरोपी ३० वर्षीय युवक गिरिशलाई पक्राउ गरेको छ । महिलाको पहिचान अडिमली निवासी अब्दुल सियादकी श्रीमती सलिनाको रुपमा भएको छ ।
पुलिसका अनुसार सलिना क्षेत्रकी सभासद् थिइन् । गिरिशगको सलिनासँग भेट उनीविरुद्ध लागेको एक उत्पीडनको केसमा भएको थियो । सलिनाले त्यतिबेला गिरिशसँग एक लाख आठ हजार भारु लिएकी थिइन्, जुन उनले फिर्ता गरेकी थिइनन् । पुलिसका अनुसार गिरिशले महिलाका लागि किस्तामा एक कार खरिद गरेका थिए तर सलिनाले उक्त कारको किस्ता पनि समयमा चुक्ता गरिरहेकी थिइनन् ।
पुलिसका अनुसार गिरिशलाई पैसाको आवश्यकता थियो । उनी पैसा लिन सलिनाको घरमा गए । त्यहाँ सलिनाले पैसा दिन अस्विकार गरिन् जसका कारण रिसाएका गिरिशले उनको बायाँ स्तन काटिदिए । त्यसलाई प्लाष्टिक ब्यागमा हाले र आफ्नो घर लगे ।
पुलिसका अनुसार सबै घटना नजिकैको एक पसलको सिसिटिभी क्यामरामा कैद छ । घटनामाथि थप छानबिन भइरहेको पुलिसले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण