एउटा बाइकमा सवार थिए पाँच व्यक्ति, पुलिसले कारवाहीको साटो यसो पो गरे
नियम अनुसार बाइकमा दुई व्यक्तिमात्र सवारी गर्न सक्छन् । तेस्रो व्यक्ति बसेको अवस्थामा पुलिसले थुप्रैलाई कारवाही गरेको हामीले देखेका र भोगेका पनि छौं । तर एउटा बाइकमा पाँच व्यक्ति सवार भएको र ट्राफिक प्रहरीले देखेको अवस्थामा के होला ?
आन्ध्र प्रदेश पुलिसका अधिकारीले जे गरे त्यसले तपार्ईंको अनुहारमा मुस्कान ल्याइदिन्छ । बेंगलुरुका डिसिपी ट्राफिक अभिषेक गोयलले एक पुलिसको तस्बिर सेयर गरेका छन् जसले बाइकमा पाँच व्यक्ति बसाएका यात्रा गरिरहेका एक पुरुषलाई नमस्कार गरिरहेका थिए । उनका अनुसार ती पुलिसले बाइक चलाइरहेका व्यक्तिलाई नमस्कार गरेर अबदेखि ट्राफिक नियमको पालना गर्न अपिल गरे ।
अभिषेकले लेखे, ‘यी अधिकारी अरु के गर्न सक्थे । हामीसँग सधैं एक सुरक्षित तरिका हुन्छ । तपाईं पनि सुरक्षित तरिका अपनाउनुस् र सुरक्षित रहनुस् ।’
What else can he do 😅?
— Abhishek Goyal (@goyal_abhei) October 10, 2017
We always have a choice .. chose the safe one ! #BeSafe pic.twitter.com/noLHyAMqBn
अभिषेकको यो ट्वीट हेर्दा हेर्दै भाइरल भयो । उनको यो ट्वीट अहिलेसम्म १७ हजारभन्दा धेरै मानिसले रिट्वीट गरेका छन् भने करिब ३१ सयले लाइक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण