टेलिभिजनका सबैभन्दा बढी पारिश्रमिक लिने सेलिब्रेटी
भारतीय टेलिभिजन क्षेत्र निकै अगाडि बढिसकेको छ । टेलिभिजन शो तथा वेभ सिरीज बनाउन लगभग एउटा फिल्म बराबरको बजेट खर्च गर्न थालिएको छ । टेलिभिजन शो मात्र होइन यसमा काम गर्ने सेलिब्रेटीहरुको पनि अवस्था निकै उच्च रहेको छ । उनीहरुले लिने पारिश्रमिक फिल्मका स्टारको जति नै रहेको छ ।
जसमध्ये धेरै पारिश्रमिक लिने केही सेलिब्रेटीहरु यी हुन्ः
हिना खान
टेलिभिजन शो ‘ये रिश्ता क्या कहलाता है’ की अक्षरा अर्थात् हिना खान एक एपिसोडको बराबर २ लाख (भारतीय रुपियाँ) लिने गर्छिन् ।
राम कपूर
‘बडे अच्छे लगते हैँ’, ‘कसम से’, ‘करले तू भी मोहब्बत’ जस्ता टेलिभिजन सिरीजमा काम गर्ने कपूर एक एपिसोड बराबर १.२५ लाख लिने गर्छन् ।
कपिल शर्मा
‘कमेडी किङ्ग’ कपिल शर्मा एक एपिसोडको ५० लाख लिने गर्छन् ।
सुनील ग्रोवर
कपिल शर्मासँगै दर्शकलाई मनोरञ्जन दिँदै आएका सुनीलले एक एपिसोड बराबर १० देखि १२ लाख लिने गर्छन् ।
दिव्या त्रिपाठी
भारतीय टेलिभिजन क्षेत्रकी दिव्या त्रिपाठी एक दिनको फि १.५ लाख लिने गर्छिन् ।
मोहित रैना
‘देवो के देव महादेव’ मार्फत चर्चामा आएका टेलिभिजन अभिनेता मोहित रैना कुनै पनि एक एपिसोडका लागि १ लाख लिने गर्छन् ।
साक्षी तंवर
उनी एक एपिसोडका लागि १.२५ लाख लिने गर्छन् ।
रोनित रोय
रोनित रोयले एउटा एपिसोडको १.२५ लाख लिने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण