अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित
मुम्बई । अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् । कोरोना संक्रमित भएपछि अर्जुनले आफुलाई होम क्वारेन्टाइन गरेका छन् । अर्जुनले कोरोना संक्रमणको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको छैन । मैले आफुलाई घरमै क्वारेन्टाइनमा गरेको छु ।’
आफु पुरै मेडिकल केयरमा रहेर जरुरी प्रोटोकल पालना गरिरहेको बताएका अर्जुनले १० दिन यता आफ्नो सम्पर्कमा आएकालाई स्वास्थ्यको ख्याल राख्न र सावधान रहन समेत अनुरोध गरेका छन् । ‘अहिले हामी सबैका लागि डरलाग्दो समय हो । हामीले सचेत भएर थोरै समयका लागि आफ्नो ख्याल राख्नुपर्छ । यसले अगाडि हामीलाई धेरै फाइदा हुन्छ’ अर्जुनले अगाडि भने, ‘हामी सबै मिलेर कोरोनासँग लड्न सक्छौ ।’ अर्जुन अगाडि पनि बलिउडका थुप्रै कलाकार कोरोना संक्रमित भैसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण